उद्योगपति माइकल कर्माचार्यलाई मातृशोक

पाेखरा | पुस २६, २०८०

उद्योगपति माइकल कर्माचार्यलाई मातृशोक

पोखरा:    नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष एवं उद्योगपति माइकल कर्माचार्यलाई मातृशोक परेको छ । उहाँकी ७० बर्षीय आमा लक्ष्मी सुन्दरी कर्माचार्यको भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।


लामो समयदेखि मृगौला रोगबाट ग्रसित भएपनि पछिल्लो समयमा भने हृदयघातका कारण मृत्यु भएको हो । उहाँका पति चन्द्रकृष्ण कर्माचार्य, एक छोरा माइकल कर्माचार्य, छोरीहरु रेखा र नितु कर्माचार्य हुनुहुन्छ भने दुई नाति र तिन नातिनी हुनुहुन्छ ।


स्व.लक्ष्मी सुन्दरी कर्माचार्यका पति चन्द्रकृष्ण कर्माचार्य पोख्रेली औद्योगिक घराना कर्माचार्य ग्रुपका अध्यक्ष हुनुहुन्छ । लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष समेत रहनुभएका उहाँ नेपाल उद्योग वाणिज्य महासंघको पूर्व केन्द्रिय सदस्य एवं नेपाल लोकतान्त्रिक उद्योग व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष समेत हुनुुहुन्छ ।


स्व. कर्माचार्यको पार्थिव शरीर आज बिहीबार नेपाल ल्याइने र शुक्रबार बिहान रामघाटमा  अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 

पोखरा ।     गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।   प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...

थप पढ्नुहोस्

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

थप पढ्नुहोस्

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्